यि युवकको फुर्तिफार्ती बढेपछी सर्वसाधारणमा त्रास ! प्रहरीले घर खानतलासी गर्दा नसोचेको भयो

समाचार

काठमाडौँ, २० भदौं । प्रहरीले अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको रुन्टीगढी गाउँपालिका–९ घर भइ घोराही उपमहानगरपालिका–१३ बडहरा बस्ने २५ वर्षीय इन्द्रकमल बुढामगर छन्।जिल्ला प्रहरी कार्यालयले उनलाई शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रहरीका अनुसार बुढामगरले हातहतियार बोकी सर्वसाधारणहरूलाई त्रसित पा र्ने गरेको र उक्त हतियार आफ्नै घरमा लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा शुक्रबार पक्राउ गरिएको हो।उनले रा ५ प ८७६२ नम्बरको स्कुटीभित्र लुकाई राखेको अवस्थामा एक राउन्ड गोली म्यागजिनमा लोड रहेको अवस्थामा कालो रङको अटोमेटिक पेस्तोल १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *