दाङमा माछाले टोकेर एक जनाको ज्यान गयो

समाचार

दाङमा अढाइ जातको माछाले टोक्दा एक जनाको ज्यान गएको छ ।

अढाइ माछाले टोकेर गम्भीर घाइते भएका लमही नगरपालिका-१ सुन्डबरीका ४९ वर्षीय खिमबहादुर घर्तीको उपचारका क्रममा लमही अस्पतालमा आज दिउँसो ज्यान गएको हो ।प्रहरीका अनुसार शनिबार दिउँसो दुई बजे घर नजिकैको कुलोमा माछा छोपेर मुखले मृतक घर्तीले माछाको टाउको थिचेर घाइते बनाइ प्लास्टिकमा राखेका थिए । केही बेरपछि उनी बेहोस भएपछि अस्पताल लगिएको थियो र त्यहीँ उनको मृत्यु भएको हो ।

खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुबैजना पुगेका थिए । उनको शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *