अब एकल पुरुषले पनि यसरी भत्ता पाउने, सही की गलत

समाचार

एकल पुरुषले पनि भत्ता पाउने दैलेखको डुङ्गेश्वर गाउँपालिकाले निर्णय गरेको छ । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरेर गाउँकार्यपालिकाले बजेटविनियोजन गरी एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको हो ।गाउँपालिकाभित्र रहेका ५५ वर्षमाथिका एकल पुरुषलाई मासिक रु. ५०० का दरले भत्ता दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिकाक्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए । भत्ता ६÷६ महिनामा वितरण गरिने उनले बताए ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *