सिद्धार्थलाई बिदाइ गर्न अस्वास्थ्य अवस्थामा पनि रुदै आइपुगिन् प्रेमिका शहनाज, उनको अवस्था देखेर धेरैको आँखा रसाए,

समाचार

सिद्धार्थ शुक्लाको निधन भयो । उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनाइदिएको छ । सिद्धार्थको निधनपछि उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि वि’ग्रिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सि’डनाज’ उपनामले परिचित थियो ।‘बीग बोस १३’बाट उनीहरुको के’मेष्ट्री बलियो बनेको थियो ।
शहनाज गिलको स्थिति निकै खराब देखिएको छ । उनी रुँदै आफ्नो सबैभन्दा विशेष साथीलाई अन्तिम बिदाई दिन पुगेकी छिन् । यतिबेला शहनाजलाई उनका भाइले सम्हालिरहेको देख्न सकिन्छ । उनी दिदीसँग समाधि स्थल पुगे । बाहिर मानिसहरु र मिडियाकर्मीको अत्यधिक भीड भएका कारण शहनाजलाई प्रहरी सुरक्षासहित समाधि स्थलसम्म पुर्याइएको छ ।उनले, आफ्ना पितासँग आफ्नो अवस्था ठिक नभएको जानकारी दिएकी थिइन् । एक अनलाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले शहनाजको अवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘म अहिले नै कुनै कुरा गर्ने अवस्थामा छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *