दुई सातामै योगेशलाई एमालेको प्रवक्ताबाट हटाईयो

समाचार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता योगेश भट्टराईलाई प्रवक्ताबाट हटाएका छन् । माधव नेपालको साथ छाडेर अन्तिम समयमा एमालेमै बसेका योगेशलाई पार्टी प्रवक्ताबाट हटाइएको हो ।

एमालेमा समाहित भएलगत्तै २०७५ जेस्ठ २ गतेकै सम्रचनामा पार्टी फर्किएको भन्दै योगेशलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । त्यसैअनुसार मध्यमार्गी नेताहरूले एमालेमै बस्ने निर्णय गरेपछिको पत्रकार सम्मेलनमा उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

तर दुई साता पनि नबित्दै योगेशको प्रवक्ता पद खोसिएको छ । बिहिबार एमालेले दार्चुला तुईन प्रकरणबारे निकालेको विज्ञप्तिमा भने प्रवक्ता परिवर्तन गरिएको छ ।

उक्त विज्ञप्तिमा प्रदीप ज्ञवाली प्रवक्ता भएको जनाइएको छ । दार्चुला प्रकरणमा एमाले पार्टीकै लेटरप्याडमा निकालिएको विज्ञप्तिमा प्रदीप ज्ञवालीको नाम प्रवक्ताको रूपमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *