सुन किन्दै हुनुहुन्छ ? कतिमा हुँदैछ कारोबार, हेर्नुहोस

समाचार

काठमाडौँ : तीन दिनदेखि सुनको मूल्य र दुई दिनदेखि चाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार गत साताको शुक्रबार (११ गते) देखि सुनको भाउ स्थिर रहेको हो।जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र चाँदीको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ तोकिएको छ । गत साताको शुक्रबार पनि यही मूल्य कायम थियो ।
यसैगरी, महासंघले विगत दुई दिनदेखि चाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । आइतबार प्रतितोला १० रुपैयाँले बढेको चाँदीको भाउ आज स्थिर छ । महासंघले आज चाँदीको भाउ प्रतितोला एक हजार २१० रुपैयाँ तोकिएको छ
भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ९ सय ९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १४ लाख १९ हजार ९ सय ९० परीक्षणमध्ये ४२ हजार ९ सय ९ मा संक्रमण पुष्टि भएको हो ।त्यसैगरी भारतमा पछिल्लो २४घण्टामा तीन सय ८० संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या चार लाख ३८ हजार दुई सय १० पुगेको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *