इपिएल प्रतियोगिताको विजेताले रु ५० लाख पाउने

समाचार

काठमाडौँ, १५ भदौ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु ५० लाख प्राप्त गर्ने भएको छ । आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यस संस्करणको खेलमा इपिएलले पुरस्कार राशिमा दोब्बर वृद्धि गरेको छ । अघिल्लो संस्करणको विजेता टोलीले रु २५ लाख तथा उपविजेताले रु १० लाख प्राप्त गरेको थियो । अघिल्लो संस्करणको फाइनल खेलमा ललितपुरले भैरहवालाई पराजित गर्दै उपाधि जितेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *