जोडी मिलाउने र निःसन्तान’लाई सन्तान दिने दुप्चेश्वर महादेव शेयर गरी दर्शन गरौं !

समाचार

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउत’बेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेष’गरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजन’हरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।

सदरमुकाम विदुर’देखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेव’को मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजन’को आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्व’लाई उजागर समेत गरि’रहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्य’पूर्णिमाका अवसरमा साता’व्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिर’मा मेला लाग्ने गर्दछ । यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्य’पूर्णिमा’देखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मा’लम्बीहरुले दोस्रो पशुपतिनाथ’को रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ ।

दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समय’सम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढा’टाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोरा’छोरी नभएका’को सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *