नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

समाचार

काठमाडौं । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदै छ । दुई देशबीचको मैत्रीपूर्ण खेल नेपालको घरेलु मैदान काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ।माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका छ।

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १/१ गोलको बराबरीमा सकिएको थियो ।

घरेलु दर्शकसामु गत बिहिबार भएको पहिलो मैत्रीपू्र्ण खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १/१ गोलको बराबरीमा ल्याएका थिए। पहिलो खेल बराबरीमा सकिएको कारण दुबै टिम दोस्रो खेलमा स्पस्ट जित निकाल्ने योजनामा रहेका छन् । दुबै टोलीका प्रशिक्षकले दोस्रो खेलमा कमीकमजोरी सुधार गर्दै जित निकाल्ने बताएका छन्। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *